फाउण्डेशनका संस्थापक गुरुङको जन्मोत्सव वृद्धाआश्रम र मानवसेवामा

पाेखरा | मंसिर ११, २०८२

फाउण्डेशनका संस्थापक गुरुङको जन्मोत्सव वृद्धाआश्रम र मानवसेवामा

पोखरा:   लामा अमृत फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले विगत ९ वर्षदेखि आफ्नो जन्मोत्सव वृद्धाआश्रम र मावनसेवा आश्रममा खाद्यान्न तथा फलफुल वितरण गरेर मनाउँदै आएका छन् । 


फाउण्डेशनका संस्थापक गुरुङले आज आफ्नो जन्मोत्सवको अवसरमा पोखरा महानगरपालिका स्थित पोखरा वृद्धाआश्रम, मानवसेवा आश्रम छोरेपाटन शाखामा खाद्यान्न तथा फलफुल वितरण गरेर मनाएका हुन् । 


जन्मोत्सवको अवसरमा फजुल खर्च भन्दा सामाजिक क्षेत्र सेवा गर्दै आएको फाउण्डेशनका संस्थापक गुरुङले बताए ।  


‘मैले आफ्नो जन्मोत्सवको अवसरमा विगत ८÷९ वर्षदेखि पोखरा वृद्धाआश्रममा आएर जन्मोत्सव मनाउँदै आएको छु, उनले भने, ‘यो सहयोग भन्दा पनि बाहिर गर्ने खर्च भन्दा सामाजिक कार्यमा खर्च गर्नुपर्छ भन्ने सन्देश हो, वृद्धाआश्रम र मानवसेवा आश्रममा खाद्यान्न तथा फलफुल वितरण गरेर जन्मोत्सव मनाउन पाउँदा छुट्टै आनन्द हुन्छ ।’


पोखरा वृद्धा आश्रममा ४० जना  र मानवसेवा आश्रम छोरेपाटनमा ९४ जना आश्रीत रहेका छन् । 


यस्तै गुरुङले विगत ४ वर्षदेखि जन्मोत्सवको अवसरमा नै पोखरा महानगरपालिका–१४ का मृगौला पीडित नरबहादुर तामाङ र शारीरिक अपाङ्गता बिनिता तामाङलाई खाद्यान्नसँगै आर्थिक सहयोग गरेका छन् । 


मृगौला पीडित तामाङले हप्तामा दुई पटक डायलाइसिस गर्दै आएका छन् । भने, बिमला तामाङ शारीरिक अपाङ्गता छिन् ।  फाउण्डेशनका संस्थापक गुरुङ सामाजिक तथा खेलकुद विकासको क्षेत्रमा काम गर्दै आएका छन् ।  

 पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आउजाउ गर्न असुविधा भएपछि पोखरा महानगरले यो क्षेत्रमा नि:शुल्क विद्युतीय बस चलाउने भएको छ ।   पृथ्वी राजमार्गबाट करिब दुई किलोमिटरभित्र रहेको विमानस्थलबाट बाहिरिने...

थप पढ्नुहोस्

राष्ट्रिय हेमजा आलु महोत्सवको तेस्रो दिन आइतबारसम्मका रु.५० लाख बढीको कारोवार भएको छ ।         महोत्सव मध्येतिर आउदाँ त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ।शनिबार र आइतबार सार्वजनिक...

थप पढ्नुहोस्

पोखरा ।   भण्डारढिकमा जारी ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’  मा पुरुष सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि रामघाट एफसी ग्रिन र मिक्की एफसी भिड्ने भएका छन् ।   ...

थप पढ्नुहोस्